नेपालगन्ज =
नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा काम गर्ने युवतीको स्वस्तिक कटेजमा काम गर्ने क्याप्टेनद्वारा ह’त्या । 🥲💔
दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले ह’त्या गरेका छन् ।
अस्ति बुधबार नेपालगंज वडा नं १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर ह’त्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए ।
त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेपछि ह’त्या भएको कुरा थाहा भएर कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्मलाको परिवार आज आएपछि बल्ल उनको पो’स्टमार्टम गरिएको छ ।
बिवाहित प्रकाशको श्रीमती सहित एक छोरा , एक छोरी बर्दियामा नै बस्छन् । उनको परिवारका अनुसार विगत ३ वर्षदेखि प्रकाश र निर्मला बेलासपुरमा सँगै बस्ने गर्दथे । प्रकाशले निर्मला र उनको परिवारलाई आफू अबिवाहित भएको भनेर नै बताएका थिए ।