आजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशजीवन शैलीसफलताको कथासामाजिक सञ्जाल

अन्तत बेपत्ता भएका एकै परिवार का १६ जना पोखरा भेटिएकाछन।

सिन्धुलि  l सिन्धुलिबाट हराएको १६ जनाको एउटा सिङ्गो परिवार सकुशल पोखरामा भेटिए ! उनिहरु भन्छन अब हामी त्यो घरमा फर्किदैनौँ !

साउन १२ गते सोमबारको दिन सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्ने उर्मिला हायूको १६ जनाको सिङ्गो परिवार बेपत्ता भनिएको परिवार पोखरामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ !

अचम्म त के थियो भने – आफ्नो थातथलो छोडेर एति धेरै संख्यामा रहेको पुरै परिवार कसरी हरायो ! राती बाट कहाँ गयो होला भन्ने कुरामा अड्किएको थियो !

 

दिन भरी त्रशित मै रहेर प्रहरी लगाएत जनप्रतिनिधि र गाउँलेहरुले खोज्ने क्रम जारी रहयो ! दिन भरी उनिहरुको बारे केही टुंगो लागेन । घर नजिकै आगो लागेको जस्तो देखिन्थ्यो ! चल्ला कुखुरा पशु चौपाया भोकले कराउथे घरका सबै कोठा बन्द थिए ! प्रहरिले १६ जनाको नाम लिस्ट र उनिहरुको फोटो सहित खोजिको लागि देश विभिन्न नाकामा सार्वजानिक गरेको थियो ! अन्तत : उनिहरु साँझको करिब ५ बजे पछि पोखरामा रहेको खबर आयो !

 

उनिहरुको बारे सोमबारका दिन देशैभरि विभिन्न खबर सार्वजनिक भएको देखेर उनिहरु बसेको होटेलको साहुले पोखरामा रहेको बताएपछी सोही परिवारकि माईली छोरी प्रहरीको सम्पर्क आएकी थिईन ! त्यसपछि प्रहरीले सोधपुछ गर्दा उनिहरु अब त्यो घरमा कहिलै नफर्किने गरि आएको बताएका हुन !

 

उनिहरुको भनाई छ हामी त्यो घरमा बस्दा हामिलाई कहिलै राम्रो भएन ! सधै बिरामी हुन्थिउ ! हामी त्यो ठाँउमा नफर्किने ढंगले परिवारले सल्लाह गरि मध्ये राती १ बजे हाम्रो बास स्थान त्यागेर माईक्रो चडेर यहाँ आएका हौ भन्छन त फेरि परिवारका कुनै सदस्य भन्छन घुम्न मात्रै आएका हौँ ! विशेष त उनिहरुले बसाईसराईको लागि नयाँ ठाँउ खोज्दै डिडेको प्रष्ट हुन्छ !

 

अहिले उनिहरुको परिवार कास्की पोखराको गगनगौँडामा २ घरमा बाँडिएर बसेका छन् ! यो खबर नेपालकै पहिलो खबर हुनु पर्छ जहाँ १६ जनाको परिवारले अघिल्लो दिन सुगुर काटेर खाई कसैलाई खबर नदिई जन्म थलो सधैंका लागि त्यागेर जानू ! तर खुसिको खबर मानौँ पुरै परिवार सकुशल भेटिएको छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com