प्रदेशबाग्मती प्रदेशसमाचारसामाजिक सञ्जाल

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा : प्रधानमन्त्री ओली

सुर्खेत  । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुरुङमार्ग छिट्टै सञ्चालनमा ल्याइने र त्यसले काठमाडौं उपत्यका भित्रने–निस्कने यात्रीलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । सुरुङमार्ग निर्माणको ९३ प्रतिशत काम पूरा भएको उनले बताएका छन् ।

उनले लेखेका छन्, “नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ ।”

नागढुंगामार्ग विगत लामो समयदेखि उपत्यका प्रवेश गर्ने मुख्य नाकामध्ये एक हो । तर, सडक साँघुरो र घुमाउरो भएकाले हरेक दिन लामो जाम र सवारी चापको समस्या हुँदै आएको छ । सुरुङमार्ग सञ्चालनमा ल्याइएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com