रबिन्द्र डाँट १५ वर्षको उमेरमा भारत गएर Labour काम गरेको मान्छे , आज त्यही भारतको सबैभन्दा ठुलो Fight Show मा भारतकै प्रतिस्पर्धिलाई हराएर बने Champion
एमएफएन १७ (MFN17) को मुख्य खेलमा चोङ्गरेङसँग ब्यान्टम वेट श्रेणीको लागि रिङमा उत्रिन लागेका हुन् यो उनको करियरको सबैभन्दा ठूलो खेलमध्ये एक मानिएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरूमाझ उनी केवल आफ्नो लागि होइन देश, झन्डा र बझाङ्गको पहिचान बोकेर लड्न गइरहेका थिए ,भारतको नोएडामा एमएफएन टाइटल तेस्रो राउन्डमै भारतका कोरिन फाइटरलाई नकआउट गर्दै बान्टमवेट बेल्ट जितेका हुन ।
रवीन्द्र डाँटसङ पराजित भएका चुंगरेङ कोरेन को हुन् त?चुंगरेङ कोरेन भारतीय २७ वर्षीय ५ फुट ८ इन्चका एसिया प्रशान्त क्षेत्रमा #२६५ औं स्थानमा रहेका MMA लडाकु हुन्। कोरेन एसिया दक्षिणको एसिया प्रशान्त उप-क्षेत्रमा पनि छन्। उनी आफ्ना पछिल्ला ६ MMA बाउटहरूमध्ये कम्तिमा २ पटक लडेका क्षेत्रहरूमा मात्र स्थानमा छन्।
कोरेनलाई प्रत्येक क्षेत्रमा ब्यान्टमवेटमा स्थान दिइएको छ, किनकि उनले आफ्ना पछिल्ला २ लडाइँहरूमा तौल वर्गमा कम्तिमा एक पटक लडेका थिए।
रवीन्द्र डाँठ संगको भिडन्त अगाडि उनले रविन्द्रको कन्फिडेन्स तोड्ने अनि रवीन्द्रलाई MMA फाईटमा सजिलै पराजित गर्ने भनेर आफ्नो घमण्ड एक अन्तरवार्तामा दिएका थिए सायद उनको यस्तो पि-टाइ बिरलै देख्न सकिन्छ ।
उनी आजको खेलमा पराजित भएकाहुन।
बझाङको एउटा तारा जसले ईण्डियाको साउथ एसिया च्याम्यिनलाई तेस्रो राउण्डको ५३ सेकेण्डमा नकाउट गरेर विजय हासिल गर्न सफल ।
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् ।
तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।
उनी हुन् MFN 17 मा अफगानिस्तानलाई पराजित गर्दै शानदार जित हात पार्ने न्युजिल्यान्डका फाइटर, Zack Bennet।
तर आजको जित उनले केवल न्युजिल्यान्डका लागि मात्र होइन, नेपालका लागि पनि गर्वको क्षण बनाए। रिङमा उत्रिएपछि उनले गर्वका साथ नेपाली झण्डा फर्फराए, अनि उर्लंदो स्वरमा चिच्याए-“
उनको प्रशिक्षक नेपाली भएकाले उनले यो सम्मान स्वरूप नेपाली झण्डा बोक्न रुचाए। राष्ट्रको सीमाभन्दा माथि उठेर खेल र सम्मानको यस्तो दृश्य मन छुने खालको थियो।
रविन्द्र ढाँटको पहिचानमा पर्दा पछाडीका नायक बनेका दिविज पिया लामा
म्याट्रिक्स फाइट नाइटमा साविक विजेता कोरेनलाई हराउँदै बान्टमवेट बेल्ट जितेपछि रविन्द्र ढाँटले आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई जित समर्पण गरे ।
नेपालको चर्चित एमएमए प्रतियोगिता नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) को संस्थापक समेत रहेका दिविजले नै रविन्द्रलाई लामो समयदेखि प्रशिक्षण तथा मेन्टरसिप गर्दै आएका छन् ।
रविन्द्रमा सम्भावना देखेपछि दिविजले आफ्नै व्यक्तिगत खर्चमा प्रशिक्षण, बसोबास र सम्पूर्ण खर्च बेहोर्दै उनलाई तयार पारे । एनडब्लुसीमा उत्कृष्ट प्रदर्शन गरेपछि विदेशी प्रशिक्षण र प्रतियोगिताबाट रविन्द्रले आफूलाई थप निखारे । नेपालमा लक एण्ड रोल एमएमएमा दिविजले नै प्रशिक्षक दिएका उनलाई अर्को स्तरमा पुग्न सोमा फाइट क्लबको पनि सहयोग मिल्यो ।
रविन्द्रको सफलतामा दिविजको ठूलो भूमिका रहेको छ । प्रतिभालाई पहिचान गरेर लगानी गर्ने जोखिम उठाएकोमा दिविजलाई धेरै धन्यवाद । र अवसरलाई सदुपयोग गरेर आफूलाई विश्वमाझ उभ्याएकोमा रविन्द्रलाई बधाई । आशा गरौं आउने दिनमा रविन्द्रले थप व्यावसायिक सफलता प्राप्त गर्नेछन् ।
बधाई रविन्द्र, दिविज र सम्पूर्ण नेपाली समर्थकलाई!