Site icon Hamropusta

अमेरिका जान चाहनुहुन्छ? सामाजिक सञ्जालमा यस्ता गल्ती नगर्नुहोस्।

समाजिक संजाल –

 

अबको भिसा प्रक्रियामा तपाईंको पासपोर्ट, शैक्षिक प्रमाणपत्र वा बैंक स्टेटमेन्ट मात्र पर्याप्त हुँदैन । तपाईंको फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, एक्स (ट्विटर) मा लेखिएको, लाइक–शेयर गरिएको, राखिएको फोटो, कमेन्ट, यहाँसम्म कि तपाईंको आत्मदर्शन पनि हेर्ने गरिन्छ।

 

विशेषगरी अमेरिका जस्तो देशले भिसा दिनुअघि अब व्यक्तिको सोच, मनोविज्ञान र व्यवहार पनि मूल्याङ्कन गर्न थालेको छ। त्यसका लागि सबैभन्दा सहज तरिका हो – सामाजिक सञ्जालको निगरानी।

 

यदि तपाईंले आफ्नो अकाउन्टको प्रोफाइल लक गरेर राख्नुभएको छ, तर अञ्जान व्यक्तिहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउनुहुन्छ भने यो ‘निश्छल’ होइन, ‘संकेतपूर्ण’ व्यवहार ठहर्छ।

यदि तपाईंले छद्म नाम वा धमिलो फोटो राख्नुभएको छ भने, तपाईं केही लुकाउन खोज्दै हुनुहुन्छ भन्ने ठान्न सक्छन्।
शैक्षिक योग्यता बढाइचढाइ, वैवाहिक स्थिति लुकाउने, वा घृणा फैलाउने पोस्टहरूमा प्रतिक्रिया जनाउने – यी सबै अब साधारण गल्ती होइनन्, भिसा अस्वीकृत हुने गम्भीर कारण बन्न सक्छन्।

 

त्यो मात्र होइन, तपाईंले विगतमा कुनै अकाउन्ट बन्द गर्नुभएको हो भने पनि त्यसको स्पष्ट जानकारी दिनुपर्छ। “थिएन” भनेर ढाँटिएको प्रमाण भेटिएमा – तपाईंको यात्रा तत्काल रोकिन सक्छ, या अमेरिका पुगेपछि नै फर्काइदिने स्थिति आउन सक्छ।

 

के–के कुराको निगरानी हुन्छ?

🔹पछिल्ला ५ वर्षमा चलाएका सबै सामाजिक सञ्जाल अकाउन्ट खुलाउनुपर्छ।

🔹कुन-कुन प्लेटफर्म प्रयोग गरिन्छ – फेसबुक, युट्युब, टिकटक, एक्स (ट्विटर), इन्स्टाग्राम आदि

🔹बन्द वा ह्याक भएका अकाउन्टको विवरण पनि दिनुपर्छ।

🔹तपाईंको पोस्ट, कमेन्ट, फोटो, लाइक र शेयर गरिएको सामग्रीको पनि मूल्याङ्कन गरिन्छ।

🔹अमेरिकाको नीति, सेना, वा संवेदनशील विषयमा नकारात्मक विचार देखाइएको छ कि छैन भन्ने हेर्छ।

यी गल्ती नगर्नुहोस्:
🔒 प्रोफाइल लक गरेर अरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउने।

👻 छद्म नाम वा धमिलो फोटो राखेर अकाउन्ट चलाउने।

🎓 शैक्षिक योग्यता बढाएर लेख्ने।

💍 विवाहित भएर पनि सिङ्गल भनेर देखाउने।

💬 घृणा फैलाउने वा उक्साउने पोस्ट, भिडिओ वा कमेन्ट गर्ने।

नतिजा के हुन सक्छ?

❌ भिसा अस्वीकृत हुने।

✈️ अमेरिका पुगेपछि ‘डिपोर्ट’ (निकाला) हुने।

🛑 भविष्यमा कहिल्यै अमेरिका जान नपाउने स्थिति आउन सक्छ।

🧾 ग्रीनकार्ड वा सिटिजनसिप प्रक्रिया अवरुद्ध हुन सक्छ।

✅ के गर्नु उपयुक्त हुन्छ?

✔️ सामाजिक सञ्जाल पारदर्शी बनाउनुहोस्।

✔️ साँचो विवरण मात्र प्रस्तुत गर्नुहोस्।

✔️ यदि अकाउन्ट छैन भने ‘छैन’ भनेर खुलाउनुस् – झूटो नबोल्नुस्।

✔️ धेरै बोल्ने होइन, स्पष्ट बोल्ने।

Exit mobile version