साहित्य

डा. नवराज केसीको दोस्रो कृति ‘स्वस्पर्श’ विमोचन

कर्णालीका जन्मिएका बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ताका रूपमा परिचित साहित्यकार डा.नवराज केसीले आफ्नो दोस्रो कृति ‘स्वस्पर्श’ पाठकहरु माझ प्रस्तुत गरेका छन्

प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित एक विशेष समारोहका बीच उनको यो नयाँ पुस्तक सार्वजनिक गरिएको छ।

उनको पहिलो पुस्तक ‘शून्यको मूल्य’ ले पाठकको
माझ निकै चर्चा बटुलेको थियो। डा. केसीले दोस्रो पुस्तकमा जीवनलाई प्रेरित गर्ने उत्कृष्ट कथाहरू समेटेर दोस्रो कृति सार्वजनिक गरेका हुन।

पुस्तकको विमोचन स्वयं लेखक केसीकी पूजनीय आमा र उनका छोराले संयुक्त रूपमा गरेका थिए भने उनको तीन पुस्ताको उपस्थितिमा भएको यो विमोचनले कार्यक्रमलाई थप अविस्मरणीय बनाएको छ।

चिकित्सा सेवामार्फत कर्णालीवासीको मनमा बसेका डा.केसी एक अब्बल साहित्यकार समेत हुन। उनले कलमको मार्फत समाजलाई सकारात्मक पाटो देखाउने प्रयास गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com