जनतालाई ढाटने गरि काम नगर्न खेलकूद मन्त्री गुप्तालाई मुख्यमन्त्री कँडेलको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौ राष्ट्रिय खेलकूद प्रतियोगिताकालागि संघीय सरकारले आफनो पूर्व तयारी नगरेको बताउनुभएको छ । युवा तथा खेलकूद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधि मण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मिति मात्र तोकेर नहुने भन्दै आफनो तर्फबाट तयारी गर्न सुझाव दिनुभएको हो ।
मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णाली मै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो ।
छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने संघीय सरकारले अहिलेसम्म तयारी नगरेकोमा असन्तुष्टी जनाउनुभयो । उहाँले भन्नुभयो, हाम्रो तपाईहरु खेलकूद खेलाउने गरि आउनुस हाम्रो हाम्रो तर्फवाट पूर्ण सहयोग रहन्छ, तर पटक पटक मिति तोकेर भुक्याउने काम नगर्नुस ।
मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेकोले फागुणमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहनेछ, एक महिनामा कसरी खेल खेलाउने गरि तयारी गर्नुहुन्छ । मुख्यमन्त्री कँडेलले कर्णालीमा खेल उदघाटन गरेर अन्त खेलाउने काम प्रदेश सरकारले स्वीकार नगर्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोडने काममा असन्तुष्टी जनाउनुभयो । उहाँले भन्नुभयो, तपाईहरुको कारणले प्रतियोगिताको मिति सरिरहेको छ, जनतालाई ढाटने काम नगर्नुस ।


