Site icon Hamropusta

सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ

Gold

 

सुर्खेत , २९ साउन । आज पनि सुनचाँदीको मूल्यमा बृद्दी भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बृद्दी भएको हो ।

 

जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २३ सय ४० रुपैयाँ कायम गरिएको छ।

Exit mobile version