Site icon Hamropusta

गोमा श्रेष्ठको Dr बन्ने सफना पुराहुदै।

FB IMG 1751538640752

 

एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने भएका छन्।

भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको सर्वत्र चर्चा चलेको थियो।

 

समाजसेवी समेत रहेका गुरुङ दम्पती गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यस्तो वाचा गरेका हुन्।

 

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ र श्रीमती सावित्री गुरुङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका छन्।

Exit mobile version