भारतमा फेरि ह्वात्तै बढ्यो दैनिक मृत्युदर, बिहारमा मात्रै ४ हजार मृत्यु

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

भारतमा कोरोना संक्रमणबाट एक दिन (२४ घण्टा) मा अहिलेसम्मकै बढी ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा बुधबार ६ हजार १३८ संक्रमितको मृत्यु भएको हो। यसअघि गत मेमा एक दिनमा सबैभन्दा बढी ४ हजार ५२९ जनाको मृत्यु भएको थियो।

बुधबार दैनिक मृत्युदर बढ्नुमा प्रमुख कारण बिहार बनेको छ। जहाँ बुधबार ३ हजार ९५१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page