कोरोनालाई टाढा भगाउन रोग प्रतिरोधक क्षमतालाई यसरी बढाउनूस् !

२०७८ जेष्ठ १०, सोमबार
पढ्ने समय : 2 मिनेट

कोरोनासँग लड्नको लागि शरीरमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्नु धेरै महत्वपूर्ण छ । शरीरमा रोगसँग लड्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता भएको अवस्थामा हामीलाई सानोतिनो रोगले गाँज्दैन । प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्छ र रोगले केही गर्न सक्दैन।

यसरी बढाउन सकिन्छ रोग प्रतिरोधक क्षमता 

दैनिक आठ घन्टाको निद्राः बेलुका ९ बजेदेखि ५ बजे बीचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

दैनिक ५ लिटर पानी पिउनेः पर्याप्त पानी पिउनाले शरीरमा विजातीय द्रव्यहरूको संकलन हुन पाउँदैन। यसो हुँदा शरीरमा अनावश्यक रूपमा हानिकारक ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूको वृद्घि हुन पाउँदैन। यसका अलावा पानी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ।

योगाभ्यासः योगाभ्यासले शरीरमा रक्तसञ्चार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातीय द्रव्यको निष्काशनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्दत गर्दछ।

साकाहारी खानाः साकाहार मानवको प्रकृतिप्रदत्त अधिकार हो। साकाहारी जीवनशैली अपनाउँदा मान्छेले आफूलाई धरै जुनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू)बाट बच्न सक्छ। यसका अलवा मंसाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भइरहन्छन्। साकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्दत गर्छ।

दैनिक ७५० ग्राम फलफूल एवं तरकारीको सेवनः फलपूmल एवं तरकारी हरूमा प्रशस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एन्टी–अक्सिडेन्टहरू पाईन्छन्। यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं वृद्घि–विकासमा महत्वपूर्ण भूमिका खेल्छ।

रेसा र चोकरयुक्त खानेकुराः रेसा एवं चोकरले विजातीय द्रव्यहरूलाई शरीरबाट निष्काशन गर्न, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्दत गर्छ।

हप्ताको एक दिन उपवासः उपवासले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्दत गर्दछ एवं उपवासपश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादनलाई पनि मद्दत गर्छ।

सकारात्मक सोचः महामारी फैलँदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्छन्। यस्तो बेलामा सकरात्मक हुँदा समस्यासँग लड्न थप बल प्राप्त हुन्छ।

धूमपानको एवं मद्यपान त्यागः धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ।

जंकफुड, फाइडफुड, रिफाइन्डपूुड नगर्नेः जंकफूड, फाइडफुड, रिफाइन्डफुडमा विद्यमान हानिकारक केमिकलहरूले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बानाइदिन्छन्।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधी क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्छ। व्याधी क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page