शिक्षा

फागुन १ गतेबाट विद्यालय खुलाउन सिसिएमसीको सिफारिस

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले जारी ‘स्मार्ट लकडाउन’ खुकुलो बनाउने निर्णय गरेको छ।

आइतवार बसेको केन्द्रको बैठकले पछिल्लो लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो। माघको पहिलो सातादेखि भौतिक रुपमा पठनपाठन बन्द भएका शैक्षिक संस्थाहरुलाई संक्रमण दर हेरेर खोल्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दै गएपछि माघको पहिलो साताबाट माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सरकारले निर्णय गरेको थियो। त्यसपछि १५ दिन थप गरेर माघ मसान्तसम्म बन्द गर्ने निर्णय भएको थियो।

आज बसेको बैठकमा संक्रमणदर हेरेर विद्यालय खोल्न जिल्लाबाट अनुमति लिएर संचालन गर्ने विषयमा छलफल भएको थियो। त्यस्तै काठमाडौं उपत्यकाभित्र जारी निजी सवारी साधनमा लगाएको जोरबिजोर हटाउन समेत बैठकमा छलफल भएको थियो।

यसबारेमा छलफल गर्न उपत्यकामा रहेका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले साँझ ५ बजे बस्दैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com