
नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै बाँकेमा कोरोना संक्रमणको कुल संख्या ४ हजार ७ सय ७६ पुगेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ९ महिला र २ पुरष गरि ११ जनामा संक्रमण पुष्टि भएको हो ।।

भेरी अस्पताल प्रयोगशालामा ८ जना, नेपालगंज मेडिकल कलेज, कोहलपुर प्रयोशालामा १ जना र बागेश्वरी प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा १ महिला र २ पुरष गरि थप ३ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ६३ पुगेको छ। बाँकेमा हालसम्म कोरोनाबाट १ सय ४४ जनाको मृत्यु भएको छ भने ५७ जना संक्रिय संक्रमित उपचाररत छन् ।