बुधबार बाँकेमा थप ९ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

२०७७ चैत्र २५, बुधबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसंगै बाँकेमा कोरोना संक्रमणको कुल संख्या ४ हजार ७ सय ९१ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा ६ महिला र ३ पुरष गरि थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा बाँकेमा शान्तिनगर-६ दाङ निवासी ५५ वर्षीय संक्रमित महिलाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै बाँकेमा जिल्ला भित्र र जिल्ला बाहिरका १ सय ४५ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा हाल ६९ जना संक्रिय संक्रमित उपचाररत छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय