बाँके प्रशासनको निर्णय पत्रमा मात्र सिमित

२०७७ चैत्र २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंजमा- बाँकेमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर सुरु भए पश्चात भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजेटिभ केश समेत देखिएको छ ।

उच्च जोखिमलाई ध्यान दिदै जिल्ला प्रशासन बाँकेले सुचना जारी गर्दै  सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर,  सामाजिक दुरी कायम गर्ने, सार्वजनिक स्थलमा भिडभाड नगर्ने  तथा अत्यावश्यक बाहेकका सभा, सम्मेलन, भेला आयोजना नगर्ने निर्णय गरेको थियो तर बाँके प्रशासनको निर्णय पत्रमा मात्र सिमित बनेको छ ।

बिना मास्क खुलेआम मानिसहरु हिडिरहेका छन् । बाँकेमा कोरोना त्रास नै नभएझैँ, प्रशासनको निर्णयलाई उलंघन गर्दै स्वास्थ्य मापदण्डको पालना नगरी भेला, महोसत्व, कार्यक्रम, जमघट, भिडभाड गरिरहेका छन् । तर बाँके प्रशासन भने मौन बसेको छ । नेपालगंजमा जारी महोत्सवमा भिडभाड हुने भएकोले प्रशासनले स्थगित गर्ने निर्णय गरेतापनि त्यो निर्णय पनि कागजमा मात्र सिमित रह्यो ।

जमुनाह नाकामा भारतबाट आउने नेपालीहरुमा कोरोना केश दिनहु जसो देखिरहेको छ । त्यस्तै  जिल्लामा बुधबार देखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यस्तै अवस्था रह्यो भने अबको केहि दिनमा अवस्था भयावह होला भन्न सकिन्न ।

प्रशासनले जारी गरेको सुचना :

May be an image of text

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय