पुरैना निवासी ६९ वर्षीय संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

२०७७ चैत्र ८, आईतवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा आइतबार बिहान पुरैना निवासी ६९ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ। योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

नेपालगंज उपमहानगरपालिका -२१ पुरैना निवासी ६९ वर्षीय संक्रमित महिलाको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले हाम्रो पुस्तालाई जानकारी दिनुभयो ।

कोरोना पुष्टी भएपश्चात स्वास्थ्यमा समस्या हुँदा भेरी अस्पताल नेपालगंजको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना गरि रोगको प्रकृति अनुसार सम्पूर्ण बिधिबाट उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछी आज बिहान २ बजेर ३८ मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको छ ।

हाल जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँके, नेपाली सेना र पारिवारिक पक्षबाट शव व्यवस्थापनको लागि समन्यव भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page