बाँकेमा मंगलबार ५ हजार ६ सय ११ जनाले लगाए कोरोना विरुद्धको खोप

२०७७ फाल्गुन २५, मंगलवार
पढ्ने समय : 2 मिनेट

नेपालगंज- बाँकेमा मंगलबार  दोस्रो चरणको दोस्रो प्राथमिकतामा परेका ५ हजार ६ सय ११ जना ६५ वर्ष माथिका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेका व्यक्तिले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणकै दोस्रो प्राथमिकतामा परेका ६५ वर्ष माथिकाका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेका  व्यक्तिलाई हिजोदेखि खोप लगाउने निर्णय गरेसँगै बाँकेमा आज तेस्रो दिनमा बाँकेका ८१ खोप् केन्द्रमा ५ हजार ६ सय ११ जनाले कोरोना बिरुद्धको खोप लगाएको बाँकेका कोरोना फोकल  तेज वलीले हाम्रो पुस्तालाई  जानकारी दिनुभयो ।

बाँकेमा रहेका ८ वटा स्थानीय तहमा रहेका ८१  वटा खोप केन्द्रमा आज  ५  हजार ६ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएको फोकल पर्सन वलीले बताउनुभयो ।

फोकल पर्सन वलीका अनुसार, यातायातका चालक, सहचालक र शिक्षकहरुलाई लगाउने भनिएतापनि हाललाई भने अर्को सुचना आएपछि मात्र लगाउने गरि यो चरणमा ६५ वर्ष माथीकाजेष्ठ नागरिक र पहिलो चरणमा खोप लगाउन छुटेका २५ हजार ७ सय ८९ जनालाई मात्र खोप लगाइने छ ।

बाँकेमा पहिलो चरणमा ९ हजार ३ सय २२ जना र दोस्रो चरणको  पहिलो दिन, दोस्रो दिनमा र तेस्रो दिनमासम्म १५ हजार ५ सय ७२ जना सहित हालसम्म २५ हजार ४ सय ५ जनाले कोरोना विरूदको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा ३ जनामा संक्रमण पुष्टी भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ९४  पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा १ महिला र १ पुरष गरि २ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् योसंगै बाँकेमा कोरोनासंक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय १६ पुगेको छ । बाँकेमा हालसम्म कोरोनाबाट १ सय ४२ जनाको मृत्यु भईसकेको छ ।

खोप लगाउनेको विवरण:-

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page