बाँकेमा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ चैत्र २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

बाँके-  पछिल्लो २४ घण्टामा बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमणको कुल संख्या ४ हजार ७ सय ५९ पुगेको छ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा रहेका ३ वटा प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ४ महिला र ३ पुरुष गरि ७ जनमा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल प्रयोगशालामा ४ जना, बागेश्वरी प्रयोगशालामा १ जना  र मेडिकल कलेज कोहलपुर प्रयोगशालामा २ जना गरि ७ जनमा संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप १ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् योसंगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५९ पुगेको छ । बाँकेमा हालसम्म कोरोनाबाट १ सय ४४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा हाल ४४ जना संक्रिय संक्रमित उपचाररत छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय