सोमबार बाँकेमा थप १ जनामा संक्रमण पुष्टी, १ संक्रमित डिस्चार्ज

२०७७ चैत्र ८, आईतवार
पढ्ने समय : < 1 मिनेट

बाँके- पछिल्लो २४ घण्टामा बाँकेमा थप १ जनमा संक्रमण पुष्टी भएको छ। योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ७ सय ८ पुगेको छ ।

नेपालगंज मेडिकल कोहलपुर प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा १ जान पुरुषमा  संक्रमण पुष्टी भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप १ जना महिला कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै बाँकेमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ भने हालसम्म बाँकेमा १ सय ४४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page