बाँकेमा भयावह भन्दै कोरोना, मंगलबार थप ६३ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

२०७७ चैत्र ३१, मंगलवार
पढ्ने समय : 2 मिनेट

बाँके- बाँकेमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ९ सय ५८ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा २८ महिला र ३५ पुरुष गरि थप ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल प्रयोशालामा ४९ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा ९ जना, बागेश्वरी प्रयोगशालामा  गरिएको पिसिआर परिक्षणमा ५ जना गरि ६३ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घन्टामा बाँकेमा थप ४ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ७ सय २ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप १ जनाको मृत्यु भएको छ । राप्तिसोनारी गाउँपालिका-२ बाँके निवासी ६९ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।  बाँकेमा हालसम्म जिल्ला भित्रका ५८ र जिल्ला बाहिरका ९१ गरि १ सय ४९ जनाको मृत्यु भइसकेको छ भने   जिल्लामा हाल १ सय ९८ जना संक्रिय संक्रमित उपचाररत छन् ।

कोरोना विशेष अस्पताल भेरीमा उपचाररत ६२ जना संक्रमित मध्ये २७ जनाको अवस्था सिकिस्त रहेको छ भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page