सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौँको भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बुधबार राति बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

अहिले घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page