पत्रकारको चुनावपनि जनप्रतिनिधिको भन्दा कम छैन ।- अशोक थापा

२०७७ चैत्र २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपाल पत्रकार महासंघको २६ ओैं महाधिवेशन यहि चैत २५ गते बिहीबार हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयनको लागि देशभरका पत्रकार महासंघको चुनावी माहोल नजिकिँदै गर्दा सामाजिक सञ्‍जालहरुमा पत्रकारहरूकै आकर्षक तस्बिर र नाराले रंगिएका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राममा यतिबेला महासंघको नेतृत्वका लागि उम्मेद्‍वार बनेकाहरूले भोट मागिरहेका छन ।

यसपटक भने पत्रकार महासंघले एकै दिन केन्द्र , प्रदेश र जिल्लाको मतदान गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ । हरेक जिल्लामा ३ वटा मतदान पेटिका राखेर केन्द्र, प्रदेश र जिल्लाको चुनाव गर्ने तयारी गरिरहेकाे महासंघले बताएको छ ।

पत्रकारको चुनाव भनेको पत्रकारकै लागि हो अथवा सकृय पत्रकारको लागि पत्रकारको हक र हितको लागि नेतृत्व चुनिने भन्ने लाग्थ्यो। तर पछिल्लो समय पत्रकारितामा चरम विकृति भित्रिएको छ भने हिजोआज एउटा व्यक्तिगत व्लग या अनलाईन खोलेर कसैको चरित्रहत्या गर्‍यो अनि कसैको पस्तूतिमा, गुनगान गायो उ असली पत्रकार कति सजिलो छ है अहिलेको पत्रकारिता ?

कि आफन्त र नातेदार कि आलोचना र विरोध समाचार लेखेकै भरमा पत्रकार महासंघमा सदस्यता पनि लिएका छन । तर वास्तविक लेखक र पत्रकार भने सधै पछाडिका पछाडि। जब पत्रकारको चुनाव आउँछ अनि कहिल्यै नसुनिएको नाम कहिल्यै लेख नपढिएका नामहरू आफूनै वरिष्ठ पत्रकार भन्दै चुनावका लागि हानाथाप गर्छन अचम्म लाक्छ।

अरूको बारेमा लेखेर गाउँ, घर र समाजका समस्या उजागर गर्दै सम्बन्धित निकायलाई खबरदारी गर्ने यीनै श्रमजीवी पत्रकारहरू नै शोषित छन्, पीडित छन्, राज्यको चौथो अंगको स्थिति साच्चिकै अहिले दयनीय छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय