८ नेपाली कम्युनिष्ट पार्टीको २३ बुँदे प्रतिबद्धता सहित पार्टीबीच एकता घोषणा भयो ।

काठमाडौं ।नेपाली कम्युनिस्ट पाटीको घोषणापत्र सार्वजनिक गरिएको छ बुधबार भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा उक्त पार्टीको घोषणापत्र पढेर सार्वजनिक गरिएको हो ।
१) नेपालको राष्ट्रिय स्वाधिनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।
२) राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान र समर्पित भई काम गर्ने।
३) माक्र्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहंदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागू गर्ने ।
४) समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापना कालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने ।
५) लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूकी रक्षा गर्दै गणतन्त्रको सुद्धिकरण र राज्यका सबै अङ्गहरूमा आवश्यक सुधार एवम् पुनसंरचना गर्न अग्रसर हुने ।
६) नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलिकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगाएत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने।
७) भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने।
८) उच्चस्तरिय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानवीन गरी भ्रष्टाचारीहरूलाई कडा कार्वाही गराउन प्रभावकारी पहल गर्ने।
९) राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने ।
१०) वर्तमान नेपाली समाजमा रहेका सवैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद, असमानता र विक्ति सिङगतिको अन्त्य गर्न सङ्घर्षरत रहने ।
११) महिला, दलित, उत्पिडित, अल्पसंख्यक र सिमान्तकृत समुदाय, आदिवासी जनजातिलगायत राज्यको मूल प्रवाहबाट बहिष्करण र वञ्चितिकरणमा परेका बर्ग, जाति, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गर्न संघर्षरत रहने ।
१२) अनुसन्धान र विकासलाई उच्च प्राथमिकतामा राखी देशको समग्र विकाश कार्य अघि बढाउने ।
१३) स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिवीको अन्त्य गर्न विशेष पहल गर्ने ।
१४) वर्तमान नेपाली समाजको आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने।
१५) प्राकृतिक स्रोत र साधनको संरक्षण एवम् दिगो उपयोग गर्ने गरी विकासका अभियान सञ्चालन गर्ने ।
१६) जलवायु परिवर्तन र पर्यावरणमैत्री विकास योजना निर्माण तथा विपत् व्यवस्थापन गर्न प्रतिबद्ध रहने ।
१७) जनताका सुख दुःखमा जोडिदै देश र जनताका आबाज जोडदार रूपमा उठाउने ।
१८) जेन्जी पुस्ताका मुद्धा र आकांक्षकी संवोधन गर्न प्रतिबद्ध रहने ।
१९) विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्च्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने ।
२०) पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने ।
२१) पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा सम्लग्न हुने ।
२२) कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कंडाइका साथ पालना गर्ने।
२३) सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अबलम्बन गर्ने ।
