अध्यात्म/दर्शनआजको तस्बिरआजको पत्रपत्रिकापत्रपत्रिकाराजनीतिसफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जाल

‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता सनाखत गरेर फर्कंदै, मेयर हर्क साङपाङ.

काठमाडौँ ।

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ दर्ता प्रक्रिया एक कदम अगाडि बढेको बताएको छ ।

आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताको प्रक्रिया पूरा गरेका गरेका थिए । बाँकी प्रक्रिया सम्बन्धित शाखाबाट रुजु गर्ने काम बाँकी नै रहेकाले आयोगको बैठक बसरे निर्णय लिने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘उहाँ आएर हस्ताक्षर गर्नुभएको छ, दल दर्ताका लागि एक स्टेप आगडि बढेको छ । सम्बन्धित शाखाबाट बाँकीको प्रक्रिया अगाडि बढिरहेको हुनाले प्रमाणपत्र दिइएको छैन,’ भट्टराईले रातोपाटीसँग भने, ‘सबै प्रक्रिया पूरा भएपछि आयोगको बैठक बसेर निर्णय गर्छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र दिइन्छ । दल दर्ताका लागि पाँच सय जनाको हस्ताक्षर हुनुपर्छ ।’

साम्पाङले गत असोजमा दल दर्ताका लागि निवेदन दिएका थिए । ‘माटो’ चुनाव चिह्नका साथ आगामी निर्वाचनमा होमिने उनले बताएका छन् । दल दर्ताका लागि कम्तीमा पाँच सयको हस्ताक्षर चाहिने प्रवक्ता भट्टराईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button