समाचार

ओसाकामा राहदानी र कन्सुलर सेवाका लागि घुम्ती शिविर

काठमाडौँ । नेपाली राजदूतावास टोकियोद्वारा गैरआवासीय नेपाली संघ जापान र क्षेत्रीय समिति, कान्साईसँगको सहकार्यमा ‌ओसाकामा राहदानी र कन्सुलर सेवाका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

उक्त  क्षेत्रहरूमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती सेवा मार्फत राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास टोकियोले जानकारी दिएको छ ।

कात्तिक १५ देखि तीन दिन बिहान ९:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म सेवा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

राहदानीको म्याद सकिएको वा नोभेम्बर ३, २०२६ सम्म म्याद भएका, राहदानी हराएका वा अन्य कारणले प्रयोग गर्न नमिल्ने अवस्था भएको राहदानी नवीकरण गर्न सकिने दूतावासले जनाएको छ ।

osaka

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button