आजको तस्बिरपत्रपत्रिकासमाचारस्थानीय समाचार

भीमफेदी कारागारबाट फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए

मङ्गलबार, २८ असोज २०८२, ०९ : २२

 सारांश

  • मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट भागेका ३२५ कैदीबन्दी फर्किएका छन्।
  • फरार कैदीबन्दीमध्ये १३ जना आफैं फर्किएका थिए भने बाँकीलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।
  • भदौ २४ गते राति भीमफेदी कारागारबाट ४४० कैदीबन्दी फरार भएका थिए, जसमा अझै १८४ जना सम्पर्कमा छैनन्।

मकवानपुर ।  कारागारबाट फरार भएकामध्ये एक सय १३ replica watches जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म तीन सय २५ कैदीबन्दी कारागार फर्केका हुन् ।

भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म दुई सय replica watches uk ५६ र अन्य कारागारबाट फरार ६९ गरी तीन सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए। प्रमुख पौडेलका अनुसार भागेकामध्ये एक सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

यही भदौ २४ गते राति भीमफेदी कारागारको पर्खाल भत्काएर Rolex replica watches चार सय ४० कैदीबन्दी फरार भएका थिए । कारागारबाट फरार भएकामध्ये एक सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको प्रमुख पौडेलले बताए । यस्तै सो कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उनले बताए ।

कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई सय ६० र (ख) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button