जयपृथ्वी राजमार्गको पहिरो नियन्त्रणका लागि ‘बायो–इन्जिनियरिङ’ सिफारिस, छुट्टै बजेट माग्ने तयारी

धनगढी । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङ भौगोलिक हिसाबले निकै विकट छ । यद्यपि बझाङ सुदूरपश्चिमको सबैभन्दा ठुलो जिल्ला हो । जिल्लालाई जोड्ने खोड्पे–चैनपुर सडकखण्ड व्यवस्थित बन्न नसक्नु यहाँको एक प्रमुख समस्या हो ।
यो सडकखण्डमा वेला–वेला आइरहने पहिरोलाई दीर्घकालीन रूपमा replica watches हटाउन अहिले सडक डिभिजन कार्यालय बैतडीलाई ठुलो चुनौती बनेको छ । बैतडीको खोड्पे बजारदेखि बझाङको सदरमुकाम चैनपुरसम्म जोड्ने १०८ किलोमिटर लामो यो सडकखण्डमा वर्षायाममात्र होइन, हिउँदमा पनि पहिरो खसेर ठुलो क्षति हुने गर्दछ ।

तीन दशकअघि निर्माण सुरु भएको यो सडक २०६५ सालमा कच्ची रूपमा सदरमुकामसम्म पुगेको थियो । यो सडकखण्ड २०६९ सालमा पूर्ण रूपमा कालोपत्रे भएको थियो ।
सडक निर्माणपछि यसको स्तरोन्नति, मर्मतसम्भार र संरक्षणको replica watches uk जिम्मा सडक डिभिजन कार्यालय, बैतडीलाई दिइएको छ । बझाङमा सडक डिभिजन कार्यालय छैन । हाल डिभिजन कार्यालयले राजमार्गलाई तीन खण्डमा विभाजन गरेर काम गरिरहेको छ ।

खोड्पे–बित्थड खण्ड २९.५ किलोमिटर छ । यस्तै बित्थड कलंगाड खण्ड ३०.७२ किलोमिटर छ । कलंगाड–चैनपुर खण्ड ५२.७४ किलोमिटर छ । यी तीन खण्डमा सडक छुट्ट्याएर मर्मत सम्भारको काम गर्दै आएको डिभिजन कार्यालयलाई कतिपय ठाउँमा आउने पहिरोको समस्या समाधान गर्न चुनौती छ ।
हाल सडकखण्ड स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रममार्फत Omega replica watches सडक चौडा पार्ने, अप्ठ्यारा मोडहरू सुधार गर्ने र खाल्डाखुल्डी मर्मत गर्ने जस्ता काम भइरहेका छन् । यहाँ काम गर्दा भौगोलिक विकटता, क्रसर उद्योगको अभाव र निर्माण सामग्रीको सहज उपलब्धता नहुनुजस्ता चुनौती बेहोर्नु परेको डिभिजन कार्यालयले बताउँदै आएको छ ।
यी चुनौतीका बाबजुद पनि सडक डिभिजन कार्यालयले काम गरिरहेको सूचना अधिकारीसमेत रहेका इन्जिनियर लिलाधर भट्ट बताउँछन् । उनका अनुसार सडकखण्डको कलंगाड–चैनपुर खण्डअन्तर्गत छविसपाथिभेरा गाउँपालिका–१ मा पर्ने बालुवाटार क्षेत्रमा डेढ वर्षयता ठुलो समस्या देखा परेको छ ।
‘डेढ वर्ष अघिसम्म त्यो ठाउँमा पहिरोको कुनै नामोनिसान थिएन,’ इन्जिनियर भट्टले भने, ‘सुरुमा सानो पहिरोबाट सुरु भएको समस्याले अहिले ठुलो रूप लिइसकेको छ र यसले सडकलाई निरन्तर जोखिममा पारेको छ ।’
सडक अवरुद्ध भएपछि तत्काल मेसिन लगाएर पन्छाउने काम भए पनि पहिरोको दीर्घकालीन समाधान खोज्न डिभिजन कार्यालयले एक अध्ययन टोली गठन गरेको थियो । अध्ययनले बालुवाटारको समस्या सामान्य पहिरोमात्र नभई दुई फरक प्रकृतिका जोखिमको संयोजन रहेको देखाएको छ ।
‘त्यहाँको मुख्य समस्या जमिनमुनिको पानीको अव्यवस्थित निकास हो,’ इन्जिनियर भट्टले भने, ‘भित्रको पानी बाहिर निस्कन नपाउँदा त्यसले माटोलाई कमजोर बनाएर पहिरो निम्त्याएको छ ।’
यसका साथै माथिबाट चट्टान खस्ने (रक फल) को समस्या पनि थपिएको छ । यसले गर्दा समाधान प्रक्रिया थप जटिल बनेको इन्जिनियर भट्टले बताए ।
अध्ययन टोलीको रिपोर्टले पहिरो नियन्त्रणका लागि ‘बायो–इन्जिनियरिङ’ प्रविधिको सिफारिस गरेको छ । यो प्रविधिमा पहिरो गएको ठाउँमा विशेष प्रजातिका रुख, बिरुवा र घाँस रोपेर माटोको क्षयीकरण रोक्ने र जमिनलाई स्थिर बनाउने प्रयास गरिन्छ ।

‘रिपोर्टले कुन–कुन प्रजातिका बिरुवा रोप्ने र कस्तो प्रविधि अपनाउने भनेर सिफारिस गरेको छ,’ भट्टले भने, ‘हामीसँग भएको प्रविधि र स्रोतले भ्याएसम्म यसलाई कार्यान्वयन गर्नेछौँ । यदि आवश्यक परेमा अध्ययन टोलीलाई नै फिल्डमा बोलाएर उहाँहरूको सहयोगमा काम अघि बढाउने योजना छ ।’
बालुवाटारको पहिरो नियन्त्रणको दीर्घकालीन योजना कार्यान्वयनका लागि सबैभन्दा ठुलो चुनौती बजेटको अभाव हो । सडक डिभिजन कार्यालयसँग हाल यस विशेष आयोजनाका लागि छुट्टै बजेट छैन ।
‘अहिले बाटो सुचारु राख्न नियमित मर्मतसम्भारको बजेटबाट काम चलाइरहेका छौं,’ भट्टले भने ।

चालु आर्थिक वर्षमा बित्थडदेखि चैनपुरसम्मको सडक मर्मतका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसलाई दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत बित्थड–झोता खण्डमा ५ करोड र दोस्रो प्याकेजमा झोता–चैनपुर खण्डका लागि ५ करोड रुपैयाँ छुट्ट्याइएको छ । यो बजेट मुख्यतया सडकको सतहमा परेका खाल्डाखुल्डी पुर्ने (पिच), नाली मर्मत गर्ने र अन्य संरचनागत सुधारमा खर्च हुनेछ ।
बालुवाटारको पहिरो नियन्त्रण एक जटिल र खर्चिलो काम भएकाले यसका लागि आगामी आर्थिक वर्षमा छुट्टै बजेट माग गरिने इन्जिनियर भट्टले बताए ।
‘यो आर्थिक वर्षमा सम्भव नभए पनि अर्काे आर्थिक वर्षमा यसैका लागि भनेर बजेट माग गर्छाैं र ठेक्का प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने ।
