अर्थतन्त्रआजको तस्बिरराजनीतिसमाचार

रक्षा बमले भनिन्– कारबाही मबाटै भए पनि तयार छु (भिडियोसहित)

बिहीबार, २३ असोज २०८२, १४ : ००
  • जेनजी अभियन्ता रक्षा बमले सिंहदरबार जलेको बेला खुसी मनाएको तस्बिर पोस्ट गर्नुको कारण प्रस्ट पारेकी छिन्।
  • उनले सेप्टेम्बर ८ मा भएको व्यवहारको आक्रोशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको गेट जलिरहेको बेला खुसी मनाएको बताइन्।
  • बमले आफूमाथि कारबाही भए पनि तयार रहेको र जलाउने, गोली हान्ने सबैको अनुसन्धान हुनुपर्ने बताएकी छिन्।

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले आफूमाथि उठेका केही प्रश्नको प्रस्टीकरण दिएकी छन् । बिहीबार जेनजी आन्दोलनको एक महिनापछि आफूमाथि उठेका प्रश्नको जवाफसहित उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै सिंहदरबार जलेका बेला अगाडि बसेर खुसी मनाएको तस्बिर पोस्ट गर्नुको कारण समेत खुलाएकी छन् ।

बमले भदौ २४ गते सिंहदरबारमा आगो दन्किरहेका बेला खुसी मनाउने भावको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उक्त तस्बिर पोस्ट गर्दै उनले भनेकी थिइन्, ‘हाम्रो खुन बगाइस्, देखिस् तेरो पतन !’

सिंहदरबार जल्दा खुसी अनुभूति गरेको स्विकार्दै उनले यसका लागि कारबाही भोग्नुपरे आफू तयार रहेको बताएकी छन् ।

बमले भनेकी छन्– सेप्टेम्बर ८ मा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोशमा हामी सेप्टेम्बर ९ मा सडकमा आएका थियौँ । प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौँ । त्यसैबेला ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो । सिंहदरबार राज्यको प्रतीक भएको हिसाबले बिम्बस्वरुप मैले ‘हामीले जित्यौँ’ भनेर जितको खुसी मनाएर फोटो राखेको थिएँ । त्यस बेला सिंहदरबारको गेट जलिरहेको थियो । म आक्रोशित थिएँ । एक किसिमको जितजस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो ।’

उनले भनेकी छन्– ‘यदि यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ । जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ । गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ । म के भन्न चाहन्छु भने फौजदारी अभियोग लाग्ने कसुरमा कारबाही गर्न सरकार तयार हुनुपर्छ । सुरुवात मबाटै हुनुपर्ने हो भने म पनि तयार छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button