बाग्मती प्रदेश

मकवानपुरको झुरझुरेमा ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो ।

ठक्करबाट ईभीमा सवार १३ जना र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button