Englishअन्तरवार्ताअन्तराष्टिय समाचारआजको तस्बिरआजको पत्रपत्रिकाबेलाको बोलीमनोरञ्जनरोजगारशिक्षासमाचारसम्पादकीयसामाजिक सञ्जालसाहित्य

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र/बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टिकरण पनि दिए। आईतबार सिंहदरवारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए। त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाई थियो।  

मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढने जानकारी दिए। मन्त्री यादवले उखु किसानहरुले ४५ दिन भित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताए। अनलाईन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिन भित्र अनलाईन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनको दावी थियो।

किसानहरुलाई मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै हुने व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्री यादवले किसानलाई बीउविजनको अभाव हुन नदिन पनि सरकार सचेत रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button