आजको तस्बिरआजको पत्रपत्रिकासामाजिक सञ्जाल
महिला हिंसाविरुद्ध सुर्खेतमा विरोध र्याली

सुर्खेत –
सुर्खेतको मंगलगढीबाट सुरु भएको महिला हिंसाविरुद्धको विरोध र्याली आज जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वीरेन्द्रनगर नगरपालिकासम्म पुगेको थिए ।
‘महिला विरुद्ध हुने सबैखाले हिंसाको अन्त्य गरौं, मानव अधिकारको रक्षा गरौं’ भन्ने नारासहित गरिएको र्यालीमा विभिन्न संघ–संस्था, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता जनाएका थिए।
कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, मुख्यमन्त्री कार्यालयका प्रतिनिधि र नगरप्रमुख कार्यालयलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाइएको हो । साथै ज्ञापनपत्र फेडोकी अध्यक्ष मञ्जु सुनार, सहभागी संस्था तथा विभिन्न अभियानताको तर्फबाट बुझाइएको बताए ।




