नेपाली कांग्रेसराजनीति

कांग्रेस बैठक: पार्टीबाट निर्वाचित वडा सदस्यदेखि मन्त्रीसम्मको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पार्टीबाट निर्वाचित वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको भूमिकामाथि प्रश्न उठेको छ । सानेपामा जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रतिमा गौतमले वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको कामप्रति पार्टी पंक्ति सन्तुष्ट हुन नभएको बताइन् ।

उनले बजेटका विषयमा सबै सरकारका मन्त्रीहरूले पारदर्शी ढङ्गले बजेट वितरण नगरेको भन्दै अब पार्टीले वैज्ञानिक ढङ्गबाट बजेट वितरण प्रणालीको विधि बनाउनुपर्ने बताइन् ।

नेतृ गौतमले भनिन्, ‘हाम्रो यो बैठकलाई देश दुनियाँले नियालिरहेको छ, एकले अर्कोलाई हिलो छ्याप्ने काम नगरौँ, आफूले गरेको काम, निर्णयको जिम्मेवारी आफैँले लिने हो, काम आफू गर्ने अनि दोष अर्कालाई थुपार्नुको कुर्न अर्थ छैन ।’

उनले एकले अर्कालाई हिलो छ्यापेर पार्टी नबन्ने बताइन् । उनले भ्रातृ सङ्गठन नेविसंघ, महिला सङ्घको अधिवेशन नहुँदा कमजोर भएको भन्दै विधि प्रक्रिया, अधिकारलाई नाघेर गरिएका निर्णयहरू खारेज गर्नुपर्ने राय राखिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button