माओवादी केन्द्रराजनीति

प्रचण्डको निर्देशन- २०८४ को चुनावको तयारीमा लाग्नू, नेपाली क्रान्तिलाई नयाँ चरणमा प्रवेश गराउनुछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने निर्वाचनको लडाइँ लड्नुपर्ने बताए ।

प्रचण्डले भने, ‘हामी निर्वाचनको लडाइँ अब लड्दैछौं । त्यो निर्वाचनमा पार्टी प्रवेश गरेकाहरूको भूमिका निर्णायक हुन्छ । हामी युवाहरूमा नयाँ उत्साह र उमङ्ग भर्नेछौँ । आउने २०८४ को चुनावलाई हामीले नेपाली क्रान्तिको नयाँ चरणमा प्रवेश गराउँनेछौं ।’

उनले विगतमा महिला, दलित, आदिवासी, उत्पीडितको निम्ति क्रान्तिको झन्डा उठाएको पनि स्मरण गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button