अन्तराष्टिय समाचारसमाचार
हमास-इजरायल द्वन्द्व : मृतक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघेको छ । उक्त द्वन्द्वका कारण मृत्यु हुनेको हालसम्म ५७ हजार २६८ पुगेको छ ।
यस्तै १ लाख ३५ हजार ६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यसवर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६ हजार ७१० पुगेको छ भने घाइतेको संख्या २३ हजार ५८४ रहेको छ ।
विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन् ।