आजको तस्बिर

एमसीसीकै कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो : माधव नेपाल

धनगढी। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधव कुमार नेपालले सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताएका छन्।

पार्टीको प्रदेश कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्नेगरी सत्तामा बस्न नसकिने बताएका हुन्।

अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन नरहन सक्ने बताएका छन्। एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए।

तर पनि कुनै बुँदा नसच्याएरै संसदमा टेबुल भएपछि एमसीसीको विपक्षमा आफ्नो पार्टी रहेको उनले बताए। नेपाल कुनै विदेशी हस्तक्षेप सहन नसक्ने र नेपालले एमसीसीको विपक्षमै रहेको बताए।

नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागी एमसीसी संसदमा पेस गरेको आरोप लगाए। एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ।

देशभक्तिका नारा लाउँदै केपी ओली नै राष्ट्रघाती काममा सहभागी भएको र अहिले पनि एमसीसी पास गराउनमा अघि बढेको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button