आजको तस्बिर

जयनन्द लामासँग बिताएका पल यसरी सम्झिन्छन् दीपकराज गिरी

वरिष्ठ लोकगायक जयनन्द लामाको निधनले आज नेपाली कलाकारिता क्षेत्र शोकमा छ । दर्जनौं सदाबहार गीतमा आवाज दिनुका साथै संगीत भरेका लामाले धेरै चलचित्रमा अभिनय पनि गरेका छन् ।

जयनन्दको निधनले बिहानैदेखि कलाकार, गायक, समर्थक सबै शोकमा छन् । केही गायक/गायिका तथा कलाकारले उनीसँग बिताएका याद सम्झिएका छन् । यसैबीच, निर्माता तथा कलाकार दीपकराज गिरीले पनि जयनन्दसँग बिताएका पलहरू सम्झिएका छन् ।

‘ज्वाइँले बहिनी कुटेछ, राम्रो धेरै राम्रो, तर कुटेको अलि मिलेन छ, त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको यस्ता थुप्रै लोकप्रिय सम्वादले म उहाँलाई सम्झिरहन्थे, सम्झिरहनेछु । हरेक भेटमा दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो । तर अभिनयले त मलाइ घर घरमा पुर्‍यायो,’ दीपकराजले फेसबुकमा लेखेका छन् ।

उनले जयनन्दको हाँसो र सकारात्मक कुरा पनि सम्झिएका छन् । दीपकराज लेख्छन्, ‘उहाँको त्यो हाँसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो, त्यो अजीवको हाँसो अनि उहाँका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना । जीवन ,बगैँचामा फूलेको फूल जस्तै हो फूलेपछि झर्नै पर्छ तर सम्झनाका फाँटहरूमा उहाँसँग बितेका हरेक पलहरू सधैं फूली नै रहने छन् ।’

दीपकराजले चलचित्र छक्का पन्जा-४ मा जयनन्दसँग काम गर्ने सपना अधुरै रहेको पनि उल्लेख गरेका छन् । जयनन्दको आज बिहान भक्तपुरस्थित आफ्नो निवास कौशलटारमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button