आजको तस्बिर

सुधार हुँदै लाइसेन्स कार्यालय

बुटवलमा रहेको सवारी चालक अनुमती पत्र (लाइसेन्स) कार्यालय सुधार हुँदै गएको छ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाइसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । प्रिन्ट भएर विभागबाट आएका लाइसेन्सहरू सम्बन्धित व्यक्तिहरु फोन गरेर लिन बोलाइन्छ ।

कार्यालय प्रमुख तेजनारायण यादवले कर्मचारीलाई नै व्यवस्थापन गरी सम्बन्धित ग्राहकको फोन नम्बरमा सम्पर्क गरी लाइसेन्स लिन आउनको लागि खबर गर्ने गरेको बताए । कार्यालय प्रमुख यादव भने, ‘प्रिन्ट भएर बसेका लाइसेन्स यहीँबाट कल गरेर लिन आउन भन्ने गरेका छौं ।’

अत्याधुनिक ट्रायल सेन्टरमा एकसाथ एकसाथ ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो । एकैदिन ८०० मोटरसाइकल तथा चारपाङ्ग्रे २०० सवारी साधनको लाइसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको छ ।

कार्यालयले टेन्डर प्रक्रियामार्फत कम्पनीको छनौट गरी ट्रायल सेन्टरभित्रै प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि दुईपांग्रे सवारी लाइसेन्स अन्तर्गत ६÷६ वटा मोटरसाइकल र स्कुटरको व्यवस्था गरेको छ भने चारपाङ्ग्रे मझौला सवारी लाइसेन्स परीक्षाका लागि ६ वटा ट्याक्सीको व्यवस्था गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button