समाचार

प्रजातन्त्र दिवसको अवसरमा सरकारले सुर्खेत कारागारका १६ जना कैदीबन्दीलाई आममाफी

सुर्खेत । सरकारले सुर्खेत कारागारमा कैदीबन्दी जीवन बिताइरहेका १६ जनालाई आममाफी दिएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती कैदीबन्दीलाई आममाफी दिएकी हुन् ।

सुर्खेत कारागार प्रशासनका अनुसार आममाफी पाउनेमा १२ जना पुरुष र चार जना महिला रहेका छन् ।

उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु रहेको कारागारका निमित्त प्रमुख भुवन गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button