अन्तराष्टिय समाचारआजको तस्बिर
टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट- नेपाल दोस्रो दिन पनि विजयी, फिलिपिन्स १३६ रनले पराजित
आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपाल दोस्रो दिनको खेलमा पनि विजयी भएको छ । नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको हो ।
फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएका छन् ।
नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको थियो । तर, नेपाली बलर सामु फिलिपिन्सका खेलाडीहरू टिक्न सकेनन् ।
सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।
फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । शुक्रवारको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो ।