समाचार

सञ्चालनमा नआउँदै भत्कियो पार्क

गुल्मी : रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क सञ्चालनमा नआउँदै  संरचनाहरु भत्किएपछि अहिले मर्मत गर्न थालिएको छ। निर्माण भएको पार्क निर्माण सकिएको लामो समयसम्म पनि सम्बन्धित निकायले संचलनमा चासो नदेखाएपछि संरचना भत्किएको हो।

 

 

तम्घासको लाँकुरी मञ्चमा रहेको पार्कको उचित संरक्षण नहुँदा पार्कमा बस्नेहरूले फोहोर गर्ने, प्रवेश गेट नै संरक्षण नहुँदा भाँचिएको थियो। पार्कभित्र शौच गर्ने गरेको समेत पाइएको छ। पार्क रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रूपैयाँको लागतमा निर्माण भएको हो।

पहिले  लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै  अहिले गुमेको छ।  लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुःखद् भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए।

उनले विभिन्न संघ संस्था, संगठन र राजनीतिक दलहरूले सरकारलाई खबरदारी गर्ने इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए। पाण्डेले आ-आफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र पारेर राज्यको रकम दुरुपयोग गर्न नपाइने टिप्पणी गरे।

वडा नम्बर ८ का अध्यक्ष भरत भलामीले पहिले पार्क निर्माण गरेको ब्यक्तिले मर्मतका लागि आउँछु आउँछु भन्दै आलटाल गरेका कारण समस्या भएको बताए।
सहज रुपमा दक्ष कामदार पनि नपाइने र नयाँ संरचना भएकाले पनि मर्मत गरी सञ्चालनमा ल्याउन ढिलाई भएको उनको भनाइ छ।

अहिले बुटबलबाट कामदार ल्याई मर्मत भइरहेका र फागुनभित्रै  सञ्चालनमा ल्याउने रेसुंगा नगरपालिकका नगरप्रमुख डिल्लीराज भुसालले दाबी गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button