अन्तराष्टिय समाचारमनोरञ्जन

रहेनन् भारतका प्रसिद्ध संगीतकर्मी बप्पी लहरी

भारतका प्रसिद्ध संगीत निर्देशक बप्पी लहरीको निधन भएको छ। ६९ वर्षका लहरीको मुम्बईस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चार संस्था पीटीआईले जनाएको छ।

लहरीले १९७०–८० को दशकमा भारतीय चलचित्रमा डिस्को थिमका धेरै चर्चित गीतमा संगीत भरेका थिए। ‘चलते चलते’, ‘डिस्को डान्सर’ जस्ता लोकप्रिय चलचित्रमा उनले संगीत दिएका छन्। उनले पछिल्लोपटक सन् २०२० मा आएको हिन्दी चलचित्र बागी–३ को गीतका लागि संगीत सिर्जना गरेका थिए।

लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो। उनको नाम आलोकेश ‘बप्पी’ लहरी थियो। उनले चलचित्रका लागि बप्पी लहरी नाम चयन गरे।

उनका मातापिता अपरेश लहरी र बंसारी लहरी बांग्ला गायक तथा शास्त्रीय संगीतकार थिए। बप्पीले तीन वर्ष हुँदा नै तबला बजाउन सुरु गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button