आजको तस्बिर

एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृसंगठनहरूले आइतवार बुटवलमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।

भातृसंस्थाहरूको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरिएको हो ।

‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद’लगायत प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button