आजको तस्बिर

देवरले पेट्राेल छर्केर आगाे लगाउँदा घाइते भएकी महिलाकाे मृत्यु

काठमाडाैं : सप्तरीका देवरले पेट्राेल छर्केर शरीरमा आगाे लगाइएकी एक महिलाका ज्यान गएकाे छ।

 

 

बोदेबर्साइन नगरपालिका-१ धनगढीका परमेश्‍वर साहले आफ्नाे भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे प्रहरीले जनाएकाे छ। आगाेेले जलेर गम्भीर घाइते भएकी राजकुमारीकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

२० वर्षीय परमेश्वरले माघ २१ गते घरमा रोटी पकाइरहेको अवस्थामा २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे राजकुमारीको श्रीमान रविनको आरोप छ।

राजकुमारीको विराटनगरमा  उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। आगाे लगाउने परमेश्वरविरूद्ध रविनले जाहेरी दिएकाले उनकाे खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button