समाचार

एकै दिन ८ हजार ७०४ जना निको, ११ जनाको मृत्यु

नेपालमा एकै दिन ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले देशभर गरी २४ घण्टामा ८ हजार ७०४ निको भएको जानकारी दिएकी हुन् ।

 

उनका अनुसार २४ घण्टामा गरिएको ९ हजार २५१ परीक्षणमा १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको ६ हजार ४४३ परीक्षणमा १ हजार १८३ र २ हजार ८०८ एन्टिजेन परीक्षणमा २०३ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा ११ जनाको मृत्यु भएको डा मिश्राले जानकारी दिइन् । सोही अवधिमा ७९ हजार ९५९ जनाले खोप लगाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button