समाचार

स्थानीय चुनावको मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा निवेदन आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय चुनाव गर्ने प्रतिबद्धता जनाएसँगै आयोगले तयारी अघि बढाएको हो। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न, निर्वाचन शिक्षा र सामग्रीका लागि विज्ञहरूको सूची तयार गर्न लागेको छ।

आयोगद्वारा शनिबार जारी सूचनामा चित्रकला र ग्राफिक डिजाइनमा स्नातक गरेका अनुभवी विज्ञहरूबाट निवेदन आह्वान गरिएको छ। सूचनामा ग्राफिक्स डिजाइन र दृष्टान्त चित्रमा दुई वर्ष अनुभव भएकाहरूलाई पाँच दिनभित्र निवेदन दिन भनिएको छ।

आगामी जेठमा हुन लागेको स्थानीय चुनावका लागि आयोगले तोकेको अवधि र समयसम्म काम गर्ने गरी निवेदन मागेको हो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button