समाचार

कोर्सली नेपालले बालगृहको बालबालिको लागि निशुल्क आइटी तालिम दिदै

पछिल्लो समय आइटीमा धेरैको रुचि बढेको छ । आकर्षक जागिर पाउन सकिनुका साथै यी विषयमा पोख्त व्यक्तिले स्वरोजगार बनी राम्रै आम्दानी गर्न सक्छन् ।

यसैलाई मध्यनजर गर्दै  कोर्सली नेपालले  बिगत १ वर्ष देखि आइटी कोर्स  समबन्धित ब्याबसायिक   तालिम प्रदान गर्दैै आएको छ ।साथै  हरेक नया कोर्समा नेपालको बिभिन्न बालगृहमा  हुर्केको   कक्षा  १२ अध्ययन  गर्दै गरको वा पास गरेर  आइटीमा  रुचि भएकाहरुलाई   निःशुल्क रुपमा  कक्षा  सञ्चालन गर्दै आएको छ । जहाँ  (प्रोफेसनल  ) दक्ष  शिक्षकहरुद्वारा  विद्यार्थीहरुलाई आइटी कोर्स दिदै आएको छ ।

‘प्रविधिको जमाना हो यसलाई हामीले समयमा बुझ्न  सिक्न सके हाम्रो व्यक्तिगतरुपमा पनि परिवर्तन ल्याउछ  साथै देशको लागि पनि अनुहार परिवर्तन गर्न सक्छौ । साथै हामि उनीहरुलाई  रोजगारको पनि ग्यारेन्टी गर्छौ ।’ – रमेश लम्साल  बताउनु भयो ।

अहिलेको कोरोनाको महामारीको कारणले भौतिकरुपमा कक्षामा सहभागी हुन् सकिन्दैन तर अनलाइन बाट घरमा बसेर र आफ्नो खालि समयमा सिप सिक्न सकिने र घरमा बसेर पनि आइटी सम्बन्धित कार्य गर्न सकिन्छ । अहिले फेसबुक र गूगलले पनि आफ्नो धेरै कर्मचारीहरुलाई घरमा बसेर नै काम गर्न अनुमति दिएको छ ।त्यसैले पनि कोर्सली नेपालमा सम्पर्क गरि आफ्नो रुचिको बिषय छनोट गरि सिप सिकेर आत्मनिर्भर बन्न सकिन्छ ।

यहाँ कोर्सली नेपालको वेबसाइटमा जान यहाँ क्लिक गर्नु होला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button