आजको तस्बिर

सिम्ताका हजारौं मान्छे हराए, जनगणना र पालिकाको तथ्याङ्क फरक

नागरिकहरूको यथार्थ विवरण संकलनको लागि गरिएको जनगणना गरिन्छ । तर राष्ट्रिय जनगणना २०७८ ले सुर्खेतको सिम्ता गाउँपालिकामा अस्वभाविक रूपमा मान्छे हराइदिएको छ । सिम्ता गाउँपालिकाले दुई वर्षअघिमात्र अर्थात् आर्थिक वर्ष २०७५÷०७६ मा संकलन गरेको तथ्याङ्कमा रहेका नागरिकमध्ये ६ हजार एक सय ४५ जनाको विवरण हराएको हो ।

 

गाउँपालिकाको वस्तुगत विवरण तथा आवधिक गाउँ विकास योजनाको लागि घरधुरी सर्वेक्षण २०७५/७६ मा सिम्ताको जनसंख्या ३० हजार चार सय ४३ थियो तर हाल गरिएको गणनाले २४ हजार दुई सय ९८ जनामात्र रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

गाउँपालिकाले गरेको सर्वेक्षणको तथ्याङ्क
गाउँपालिकाभरको तथ्य–तथ्याङ्कमा ‘अब्बल’ ठानिएको सिम्ता गाउँपालिकाले हरेक नागरिकको पेशा, व्यवसाय, आर्थिक–सामाजिक अवस्था तथा अन्य सामान्य विषयवस्तुको समेत तथ्याङ्क दुई वर्षअघि नै संकलन गरेको थियो । तर ६ महिना लगाएर संकलन गरिएको त्यो तथ्याङ्कसँग हाल १५ दिनमा संकलन भएको गणना कतै पनि मेल खाँदैन ।

गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार सिम्तामा पाँच हजार ६ सय २२ घरधुरी रहेकोमा जनगणनाबाट एक सय ४७ घर हराएर पाँच हजार ४ सय ७५ घरधुरीमात्र रहेको तथ्याङ्क आएको छ ।

राष्ट्रिय जनगणनाको तथ्याङ्क
त्यसैगरी, दुई वर्ष पहिला महिलाको संख्या १४ हजार आठ सय ५३ रहेकोमा हाल एक हजार दुई सय ५५ घटेर १३ हजार पाँच सय ९८ जनामात्र महिला रहेको तथ्याङ्क छ भने पुरुष चार हजार आठ सय ५० जना हराएका छन् । दुई वर्ष पहिला १५ हजार पाँच सय ९० जना पुरुष रहेको सिम्तामा जनगणनाले १० हजार सात सय ४० जनामा झारेको छ ।

गाउँपालिकाले गरेको सर्वेक्षणको तथ्याङ्क
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार के. सी. ले आफ्नो गाउँपालिकाका जनतालाई संघीय सरकारले हराइदिएको बताउनुभएको छ । गाउँपालिकासँग सबै तथ्याङ्क स्पष्ट र पारदर्शी रूपमा छ । उहाँले भन्नुभयो, ‘कसको नयाँ बच्चा जन्मियो ? कसको मृत्यु भयो ? को कहाँ बसाइसराई गरेर गयो ? गाउँपालिकामा व्यक्तिगत घटना दर्ता हुन्छ । त्यसैले सबै तथ्याङ्क हामिसँग छ । जनगणनाको तथ्याङ्क यथार्थपरक छैन ।’ के.सी. ले अब आफूले यस विषयमा तथ्याङ्क विभागसँग ‘मेरा जनता खोई ?’ भनेर प्रश्न गर्ने बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button