समाचार

श्री एयरको आठौं जहाज : अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गर्ने !

काठमाडौं – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू४००-८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्।

श्री एयरलाइन्सले एक महिना अघिमात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी दिए। क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन्। उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सिआरजे ७०० (७० सिटे) दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ।

थपिएका जहाजमार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए। रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button