समाचार

आगलागीबाट पाँच लाख बराबरको क्षति

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भई अचानक आगलगी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button