आजको तस्बिर

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भएको छ। हिमपातसँगै सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ। हिमपातले हुम्ला जिल्ला सेताम्य देखिएको छ। तापक्रम माइनसमा झर्दा चिसो अत्यधिक बढेको छ।

उत्तरी नाम्खा गाउँपालिकामा बाक्लो हिमपात भएपछि वृद्ध, बालबालिका तथा चौँरीपालक कृषकलाई कठिन भएको छ। बाक्लो हिमपातले चरन क्षेत्र ढाकेपछि चौँरीपालक कृषकलाई समस्या भएको हो। हिमपातले नाम्खा गाउँपालिका– ६ लिमी जाने पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेक र उत्तरी हिल्सा आवतजावत गर्ने नारा लेक पनि ढाकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button